हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले रामेछापको निर्माणाधीन सडकको निरीक्षण गरेका छन् ।

बागमती प्रदेश सरकारको बहुबर्षीय आयोजना अन्तरगत रामेछाप जिल्ला मन्थली नगरपालिकामा निर्माणाधिन “ सल्लेपानी – चिसापानी वडा नं ८ को कार्यालय हुदै पुरानो गाऊ जाने सडक “को अनुगमन गरे । अनुगमनको क्रममा योजना समयमै सम्पन्न गराउन निर्माण व्यावसायिलाई आग्रह गरे ।

बिषेशगरी बहुबर्षिय योजनाहरु निर्माणमा ढिलासुस्ती हुनेगरेको भन्दै उहाँले जनतालाई सहज बनाउन तोकिएको समयमा योजना निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री थपलियाले हाल पहाडी क्षेत्रका बिकाश निर्माणलाई प्राथमिकतामा राखेर योजनाहरुको अनुगमन गरे ।

ढिलासुस्ती नगरी काम छिटो सम्पन्न गराउन पनि निरन्तर योजनाहरुको अनुगमन जारी राख्ने मन्त्री थपलियाका प्रमुख स्वकीय सचीव उत्तम सेढाईले बताए । केहिदिन अगाडि उनले चितवनको पहाडी क्षेत्रका योजना गरेका थिए ।

अनुगमनमा प्रदेश सभा सदस्यआनन्द कुमार श्रेष्ठ , मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत , वडा नं ८ का अध्यक्ष एवम् पालिका प्रवक्ता गोपाल श्रेष्ठलगायत सहभागी थिए ।