हेटौंडा । बागमती प्रदेश सरकारले आगलागीमा परेर निधन भएका पीडित परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

केही दिनअघि प्रदेशको ललितपुर र रामेछाप जिल्लामा वनका लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएका ३ जनालाई जनही एक–एक लाख रुपैयाँका दरले राहत स्वरुप उपलब्ध गराउने बैठकले निर्णय गरेको हो । उक्त रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराईनेछ ।

ललितपुरका २ जना र रामेछाप जिल्लाका १ जनाको वनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएको थियो ।