हेटौंडा । संघीय सरकारले हेटौंडा सिमेन्ट उद्योगमा अध्यक्ष नियुक्त गर्दै छ । संघको उद्योग मन्त्रालयले महाप्रवन्धक नियुक्ती गर्न लागेको हो ।

मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी स्ववीकृत गरेको छ। सप्तरीका सञ्जीव कुमार देव, मकवानपुरका नरेन्द्र भण्डारी र सिन्धुपाल्चोकका ई कृष्णभद्र आर्यालको उम्मेदारी स्वीकृत गरेको छ।

बैतडीका शंकर सिंह विष्टले पेश गरेको अनुभवसम्बन्धी कागजातमा न्यूनतम अवधि पूरा नदेखिएकाले दरखास्त अस्वीकृत गरेको छ। मन्त्रालयले जेठ १३ गते ३ उम्मेदवारलाई अन्तर्वार्ताको लागि बोलाएको छ।