हेटौँडा । हेटौँडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रमेश कुमार पराजुली चयन भएका छन ।
सहकारी संस्थाको शनिवार भएको २० औंँ वार्षिक साधारणसभाको बन्दसत्रले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी कुमारी कर्माचार्य , सचिवमा श्यामलाल श्रेष्ठ र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली चयन भएका छन । सदस्यहरुमा कल्पना चौलागाई, शोविता तिमल्सिना , सुमित्रा लामा, उषा लुईटेल र उर्मिला बजगाई नेपाल चयन भएका छन ।
हेटौँडा–१७ का वडा अध्यक्ष उद्वव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन उपाध्यक्ष राम प्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन,सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
सभामा ज्येष्ठ शेयर सदस्य राम बहादुर लामा, श्रीदेवी न्यौपाने, अपांग बाल सदस्य सक्षम सञ्जेल, बढी बाल बचत गर्ने शसांक श्रेष्ठ , संस्कृति धमला, बढी मासिक बचत गर्ने श्रीकृष्ण तिमल्सिना र असली कारोवारी निर्मला थापा मगरलाई पुरस्कृत गरिएको थियो ।
६ सय ५२ जना शेयर सदस्य र ३ सय ३२ जना बाल बचतकर्ता रहेको सहकारीको शेयर पूजी ६५ लाख २० हजार निक्षेप बचत ४ करोड २१ लाख १९ हजार ऋण लगानी ४ करोड ५६ लाख ६१ हजार रहेको ब्यवस्थापक हेम बहादुर कुवरले बताए ।
साधारणसभामा राजदेवी दुग्ध सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिना , राजदेवी माविका अध्यक्ष डेकराज धमला, प्रअ दीपक देवकोटा, पूर्व प्रअ सानुकाजी पाण्डे ,अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, सञ्चारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्