
हेटाैँडा। बागमती प्रदेश सरकारले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/०८२ बागमती प्रदेशसभामा शुक्रबार प्रस्तुत गर्ने भएको छ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रदेशसभाका सभामुख रामकुमार पौडेलले प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको जानकारी दिए। प्रदेश सरकारको बजेट आउनु पूर्व प्रदेशसभामा आर्थिक सर्वेक्षण पेस गर्ने गरिन्छ । प्रदेश सरकारको चालु आवको राजस्व परिचालन, सार्वजनिक खर्च, प्रदेश सरकारका विभिन्न निकायबाट भएको विभिन्न गतिविधि आर्थिक सर्वेक्षणमा समेटिने छन् ।
साथै सामाजिक र आर्थिक सूचकमा देखिएका परिवर्तनहरु समेटेर आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गरिनेभएको हो । यस्तै, शुक्रबारको बैठकमा प्रदेशसभाका विशेषाधिकारसहित छ वटा समितिहरूको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव पौडेलले बताए । प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पेस गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्