जिन्दगी बाहनाले चल्दैन, चाहनाले चल्छ भन्थ्यो
जिन्दगीमा आफन्त दुःखमा काम आउँछ भन्थ्यो
आत्तिएका मन सम्हालिदिने कोहि भएन
आफैं लडे, आफैं उठे त्यो अधेरी रात एकान्तमा
एक्लै कति आँशुको भेल बगे कसैले देखेन
साथ दिन्छु भन्थ्यो
दुःख हुन दिन्न भन्थ्यो
झुठो रहेछ बाचा
ब्यर्थे भएछ आशा ।।
खै कहाँ जाउ
आफ्नो भन्ने कै भरोसा छैन
अब त एक्लो मान्छेको खास कोहि छैन
जिन्दगीभर साथ दिन्छु भन्थ्यो
मायाले नै संसार चलाउछु भन्थ्यो ।।
मुटुमा घात पुगेपछि…
रहर मरेर गएपछी
अब आफन्त नै पराइ बनेपछि
कसरी जिउनु खै
जिन्दगी नै फिक्का लागेपछि
याद नै बोर लाग्न थाल्ल्यो
तिनै बहानाले यो मन भड्किन थाल्यो
आधा जिन्दगी त पिरै पिरले कट्यो ।।
तिनै चाहनाले मन टाढिन आट्यो
जिन्दगीमा आफन्त दुःखमा काम आउँछ भन्थ्यो
आज उसैले ढाट्यो !!
प्रतिक्रिया दिनुहोस्