
धादिङ । बागमती साहित्यिक महोत्सव–२०८१ हुने भएको छ । आगामी फागुन १६ र १७ गते धादिङबेशीमा साहित्यिक महोत्सव हुन लागेको हो ।
शुक्रवार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी आयोजना गर्ने निर्णय गरेको हो । स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
बैठकले महोत्सवलाई सफल पार्न पार्न विष्णु प्रसाद आचार्यको संयोजकत्वमा मूल संयोजन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा। नवीन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठलाई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्