हेटौंडा । दुईदिने बाल साहित्य कार्यशाला सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर बाल विद्या सदन, हेटौंडा १८ को संयोजनमा भएको कार्यशालामा ’बालबालिकाले के पढ्ने ? कसरी लेख्ने ?’ विषयमा बहस भएको थियोे ।

बहसका सहभागीहरूले बालबालिकाको पठन संस्कृति विकास गर्न अभिभावक र विद्यालय दुबै पक्ष उत्तीकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । पाठ्यपुस्तक मात्रै पढेर बालबालिकाको सर्वाङ्गीण विकास नहुनेमा उनीहरूले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका १८ का अध्यक्ष तथा नगर शिक्षा समितिका संयोजक अनिल कुमार बानियाँले अभिभावकले अनावश्यक खर्च कटौती गरेर भए पनि पुस्तक किन्न सुझाव दिएका छन् ।

बाल साहित्य समाज नेपालका अध्यक्ष प्रा. डा. ध्रुव कुमार घिमिरे, लेखक अनुराधा, प्रकाशक रामचन्द्र तिमोथी तथा बाल साहित्य अभियानकर्ता दीपक गौतमले बहसमा सहभागी हुँदै बालबालिकालाई बालसाहित्य किन पढ्ने भन्ने विषयमा स्पष्ट पारेका थिए । बालसाहित्य संख्यात्मक रुपमा बढेपनि गुणस्तर बढ्न नसकेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।

कार्यशालामा हेटौंडा उपमहानगरपालिकाका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियोे