हेटौंडा । वाग्मती प्रदेशको जनसाहित्यिक मञ्च नेपालको अध्यक्षमा मकवानपुरका मसान उपासक चयन भएका छन् ।

काठमाडौंमा भएको प्रथम अधिवेशनबाट जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य उपासक वाग्मती प्रदेश अध्यक्षमा चयन भएका हुन ।

उपाध्यक्षमा भक्तपुरका गणेश घिमिरे मार्मिक, सचिवमा काठमाडौंका प्रशान्त डङ्गाल, सहसचिवमा चितवनका बिपिन घिमिरे र कोषाध्यक्षमा ईन्दु अङ्सुसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन ।