हेटौंडा । १९ बर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बंगलादेशको राजधानि ढाकामा आईतबार भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा पी नावरेमले खेलको ६७ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना केहि कमजोर बनेको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग बराबरी गर्नुपर्ने थियो ।

अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ ।  श्रीलंकाले बंगलादेशलाई हराए नेपाल फाइनल प्रवेश गर्ने छ तर बंगलादेशले श्रीलंकामाथि जित वा बराबरी गरेमात्रै पनि नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले चार मध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ । नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी