
हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको छैठौ संस्करणको सहीद स्मृतिमकवानपुर राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको खर्च १५ महिनापछि सार्वजनिकगरिएको छ । १६–२७ माघ २०८० मा सम्पन्नभएको गोल्डकपको खर्च संघले शनिवार सार्वजनिक गरेको थियोे ।
पत्रकार सम्मेलन गरी सार्वजनिकगरिएको आम्दानीखर्चमाप्रतियोगिता सञ्चालनगर्दा संघलाई करिब २ लाख २४ हजार रुपैयाँ घाटा भएको उल्लेख गरिएको छ । मकवानपुरका १० वटा स्थानीयतहको आर्थिक सहयोगमाहुने गरेको उक्तगोल्डकपको आम्दानीखर्च भने हरेक वर्ष अपार्दशीहुने गरेको छ । छैठौं संस्करणको ‘सहीद स्मृतीमकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानीतथाखर्च पनिपारदर्शी हुन सकेको देखिदैन ।
संघले उक्तप्रतियोगिता सञ्चालनको क्रममाविभिन्न माध्यमबाट ८९ लाख २४ हजार रुपैयाँआम्दानीर ९१ लाख ४८ हजार ९४९ रुपैयाँखर्च भएकोविवरण सार्वजनिक गरेको छ ।प्रतियोगिताको आम्दानीखर्च सार्वजनिकगर्दै संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिताआर्थिक रुपमा घाटा भएको जानकारी दिए । उनकाअनुसारप्रतियोगिता सञ्चालनगर्दा २ लाख २४ हजार रुपैयाँ घाटा भएको छ ।आर्थिक सहयोग दिने प्रतिवद्धता व्यक्तभएका केहि स्थानीयतह र केहि संघ संस्थाहरुबाट सहयोग नपाउँदाप्रतियोगितामा घाटा व्यहोर्नुपरेको उनको भनाई छ ।
संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानीतथाखर्च विवरणमा एकै प्रकृतिकाखर्च शिर्षकहरु पटक–पटक दोहोरीएका छन् । यस्तैनगरेको शिर्षकमापनिखर्च भएको विवरण सार्वजनिकगरिएको छ । संघले गोल्डकको खर्च विवरणमा खेलाडी यातायातखर्च ४ लाख ३१ हजार ६०० रुपैयाँउल्लेख गरिएको छ भने बस भाडा खेलाडी शिर्षकमापनि २ लाख २८ हजार रुपैयाँखर्च भएको उल्लख छ ।
अतिथीतथाआयोजकखाजाखर्चमा १ लाख ९५ हजार रुपैयाँखर्च भएको संघको विवरण छ भने स्वयसेवकखर्च शिर्षकमा १ लाख १९ हजार रुपैयाँ देखाइएको छ । संघले फ्लेक्स प्रिन्ट, गेट व्यानर खर्च शिर्षक २ पटक समावेश गरी प्रत्यक पटक २ लाख ६३ हजार ८८२ रुपैयाँखर्च भएको देखाएको छ ।
यताप्रचार प्रशास अन्तर्गत विज्ञापन खर्चमा २ लाख ९७हजार रुपैयाँखर्च भएको संघको विवरणमा उल्लेख गरिएको छ । तर उक्त समयमागोल्डकपको विज्ञापन औपचारिक रुपमाकुनै पनि माध्यमबाट प्रचार प्रसार भएको पाइदैन । यसैगरी पत्रकारलाई ३ दिनको तालिम संचालन, टिसर्ट वितरण गर्दा १ लाख ५० हजार रुपैयाँखर्च भएको संघले आफ्नो खर्च विवरणमा उल्लेख छ । तर उक्त ट्रेनिङमाउपस्थितभएकाहरुलाई कुनै विशेष सुविधानभएको र टिसर्ट समेत वितरण नगरिएको सहभागीहरुले पत्रकार सम्मेलनमै बताएका थिए ।
संघको खर्च विवरणमा मसलन्दवापत ३६ हजार ७० रुपैयाँखर्च भएको विवरण समावेश भएको छ भने सोहीप्रकृतिको अर्को शिर्षक मसलन्दतथाअन्यशिर्षकमा १ लाख७७हजार १९ रुपैयाँखर्च भएको विवरण उल्लेखगरिएको छ ।
छैठौ संस्करणको गोल्डकपको फाइनलमाएनआरटीलाई पराजितगर्दै विभागीय टोली सशस्त्रप्रहरीको एपीएफक्लबले उपाधिजितेको थियो ।
स्थानीयतहले गर्न छोडे विश्वास
मकवानपुरका स्थानीयतहहरु मुख्य सहयोगी रहदै आएको उक्तप्रतियोगिताको आम्दानी र खर्च विवादितर अपादर्शीताकाबिच फुटबल संघलाई प्रतियोगिताअन्तर्गत दिँइदै आएको बजेट कटौतीभएको देखिन्छ । २०८० को उक्तप्रतियोगिताको लागिमकवानपुरकागाउँपालिकाहरुले ३ देखि ५ लाखसम्म बजेट विनियोजन गर्ने गरेकाथिए। यस्तै हेटौँडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र बागमतीप्रदेश खेलकुदविकास परिषदले ५० लाख रुपैयाँआर्थिक सहयोग दिएर सो गोल्डकप सम्पन्नहुने गरेको थियो ।
तर, स्थानीय तहहरुबाट पछिल्लो समय उक्त बजेट निरन्तर कटौटी भएको संघको आम्दानीविवरणमा उल्लेख छ । छैठौं संस्करणको प्रतियोगिताकोलागिमकवानपुरका ८ गाउँपालिकामध्ये ५ वटाले मात्रै आर्थिक सहयोग उपलब्ध गराएका छन् । ३ लाखदेखि ५ लाखसम्मआर्थिक समयोग दिने गाउँपालिकाहरुले न्युनमत १ लाख७० हजार रुपैयाँ देखि अधिकतम ४ लाख ९२ हजार रुपैयाँआर्थिक सहयोग गरेकाछन् ।
गोल्डकपका लागिभीमफेदीगाउँपालीकाले ४ लाख ९२ हजार रुपैयाँ, कैलाशगाउँपालिकाले २ लाख ९५ हजार रुपैयाँ, बागमतीगाउँपालिकाले २ लाख७८ हजार रुपैयाँ, इन्द्रसरोबर गाउँपालिकाले २ लाख ४७हजार रुपैयाँ र मकवानपुरगढी गाउँपालिकाले १ लाख७० हजार रुपैयाँआर्थिक सहयोग दिएको छ ।
त्यसबाहेक २५ लाख रुपैयाँआर्थिक सहयोग दिँदै आएको हेटौंडा उपमहानगरपालिकाले १८ लाख७५ हजार रुपैयाँ, बागमतीप्रदेश खेलकुदविकास परिषदले ४५ लाख ९१ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मकवानपुरको बकैयागाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहानगरपालिकाले प्रतियोगिताको लागिदिँदै आएको बजेट कटौती गरेका छन् ।
संघका कोषाध्यक्ष लुङ्वाकाअनुसार प्रतियोगिताको खर्च विवरणमा केही त्रुटिहरु रहेको बताए । केहीखर्च शिर्षकहरु दोहोरिएको र केहीखर्च शिर्षक मिलानमाप्राविधिककमजोरी भएको उनले स्विकार गरे । खर्च मिलानगर्न केहीशिर्षकहरु उस्तै प्रकृतिको देखिएको उनको भनाई छ ।
गोल्डकपआयोजनाकालागआर्थिक प्रतिवद्धता गरेकापालिका र संघसंस्थाहरुबाट पैशाउठाउन समय लाग्दाआम्दानी र खर्च सार्वजनिकगर्न समय लागेको उनले दावी गरे । अझैपनि केहीखर्चहरु फछ्यौट गर्न बाँकी रहेको र त्यसलाई पनिखर्चको विवरणमा समावेश गरिएको उनको भनाई छ । पत्रकार तालिम, विज्ञापन तथाप्रचार प्रसार लगायतकाखर्चहरु पर्छयोट हुनबाँकी नै रहेको उनले बताए ।
स्थानीयहतआफै प्रतियोगिताआयोजनागर्ने कार्यमा अग्रसर रहेकाले प्रतियोगिताको बजेट घटेको उनको भनाई छ । पछिल्लो सयम स्थानीयतहको स्रोत पनि घटेकाले प्रतियोगिताको बजेट स्वतःगिरावट आएको उनले बताए ।
संघले पुरुषको ठाउँमा महिलागोल्डकप गर्ने
छैठौं संस्करणसम्म पुरुषगोल्डकप प्रतियोगितागर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले यसवर्षबाट पुरुषको ठाउँमा महिलागोल्डकप फुटबल प्रतियोगितागर्ने भएको छ । संघले छैठौ संस्करणको गोल्डकप प्रतियोगिताआर्थिक रुपमा घाटा भएपछि सातौं स्थानीयतह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगितागर्न लागेको हो ।
यसअघिका प्रतियोगिता सम्पन्नभएपनि समयमै प्रतियोगिताको आम्दानीखर्च सार्वजनिकनगर्दा स्थानीयतहहरुले प्रतियोगिता सञ्चालनगर्न उपलब्ध गराउँदै आएको रकम कटौती गरेपछि संघले बाध्यभएर महिला फुटबल प्रतियोगिताआयोजनागर्न लागेको हो ।संघले शनिवार पत्रकार सम्मेलनगर्दै सातौं स्थानीयतह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिताका रुपमागर्न लागेको जानकारी दिएको हो ।
१९ वैशाखेदेखि सञ्चालनहुने प्रतियोगितामातीनविभागीय टोली र ५ वटा जिल्लाक्लबहरुले सहभागीताजनाउनेएन्फाका केन्द्रीय सदस्य समेत रहेकामकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरीटार रंगशालामाहुने प्रतियोगितामाविभागीय टोलीहरु नेपालआर्मी, नेपालपुलीस, एपिएफ सहितमकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाकागरि ८ वटा क्लवले सहभागिताजनाउनेउनले बताए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाखनगद सहित ट्रफि र प्रमाणपत्र प्राप्तगर्ने संघका सचिव छवीलाल सुवेदीले जानकारी दिए । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्तगर्ने उनको भनाई छ । प्रतियोगिता सञ्चालनकालागि ६१ लाखलाग्ने आयोजकको अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्