हेटौंडा । नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघकको आयोजनामा हेटौंडामा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले उद्घाटन गरेका थिए । नेपाल खेलकुद महासंघ र वाग्मती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा करिब ६० जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, २५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य धरम लामा, एमाले मकवानपुरका उपसचिब सिता बिष्ट, महासंघ जिल्ला अध्यक्ष सविन मोक्तान लगायतकाको सहभागिता रहेको थियो । प्रतियोगिता भोली शनिवार सम्म चल्ने आयोजकल जनाएको छ ।