हेटौंडा । मकवानपुरको महिला फुटबल टोली वाग्मती प्रदेश च्याम्पियन भएको छ ।
शनिबार काभ्रेको धुलिखेलमा भएको फाइनल खेलमा धादिङलाई १–० गोलअन्तरले पराजित गर्दै मकवानपुर च्याम्पियन भएको हो ।
प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् भएको फाइनल खेलमा विजयीहुँदै मकवानपुरे चेली पहिलो पटक उपाधि जित्न सफल भएको हो । पुरुष फुटबलको उपाधि पनि मकवानपुरले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्