हेटौंडा । मकवानपुर तेक्वान्दो जिल्ला कार्य समिति हेटौंडा ४ कर्राको नव निर्मित कभर्ड हलको उद्घाटन गरिएको छ ।

नव निर्मित भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महत र २८ नम्बर गणका हेमन्त बहादुर विष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन । ६३ लाख २१ हजार ८ सय २४ रुपैयाँ लागतमा कभर्ड हलको निमार्ण भएको मकवापुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाबाट ४५ लाख रुपैयाँ सहित ३ कठ्ठा जग्गा उपलब्ध भएको थियो । सामाजिक विकास मन्त्रालयबाट ९ लाख रुपैयाँ र अन्य सहयोगीबाट प्राप्तभएको रकमबाट कभर्ड हलको निमार्ण भएको हो । कवर्ड हलमा जिल्लास्तरीय खेलाडीहरुलाई प्रशिक्षण गराउने र नियमित रुपमा व्यायामहरु हुनेछ ।