हेटौंडा । हेटौंडा बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन गरिएको छ ।

हेटौंडा–४ पारिजात पथस्थित निर्मित कभर्ड हलको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले उद्घाटन गरेका हुन । ६ सय दर्शक अटाउन सक्ने कर्भडहलमा मार्सलआर्टका विभिन्न खेलहरु सञ्चालन गर्न सकिने जनाइएको छ । कुल १ करोड ४८ लाख खर्चमा कभर्डहल निर्माण भएको निर्माण समितिका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाले १ करोड ३३ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कर्भड हल ७२÷५५ फिटमा निर्माण भएको हो ।