हेटौंडा । प्रहरीले लागुऔषध अफिम खेती फडानि अभियान अन्तरगत दोस्रो दिन ३५ विगाहा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।

गाँजा तथा अफिम खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले आज मंगलबार मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ४ अन्तर्गत चौकिटार, मादल सिंह क्षेत्रको अफिम नष्ट गरेको हो ।

प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका ४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका ७ अन्तर्गत बिलासी, ताम्लाङ र वडा ८ अन्तर्गत रुपलाङ, डुडलुङलगायतको वडा क्षेत्रमा ३५ बिगाहमा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले दाबि गरेको छ ।