हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौरमा गृहिणी महिलाहरुका लागि मौरी पालन तालिम सुरु भएको छ ।

नव चेतनशील समाज नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तिकरण परियोजना अन्तर्गत मौरी पालन तालिम सुरु भएको हो ।

आइतबार २५ जेठबाट सुरु तालिम ३१ गतेसम्म एकसातासम्म सञ्चालन हुनेछ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य एवम् पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीनको विशेष आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो ।

तालिम सुभारम्भ कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाईँ, ८ नम्बर वडाध्यक्ष कुमारसिं घिसिङ, वडा सदस्य गोकुल देवकोटा, हिरामाया रुम्बा, गुञ्जरत्न तामाङ, कर्णबहादुर विकलगायतको आतिथ्यता थियो ।

स्थानीय २० जना गृहिणी महिलाहरुको सहभागिता रहेको तालिममा जनकबाबु तिवारीले प्रशिक्षण दिइरहेका छन् ।

Visited 12 times, 1 visit(s) today