हेटौंडा । मकवानपुरकाे मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्कि पुल जेठ २६ गते उद्घाटन हुने भएको छ । आईतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो । पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेसका सांसद ईन्द्र बानियाँ आउने तय भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । मनहरी गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो ।

कुल ३३ करोँड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो । हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन गरीने अध्यक्ष कालाखेतीको भनाई छ । साथै अन्य दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उनकाे भनाई छ । “ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ”-उनले भने, “यहि मंसिरसम्म सम्पन्न हुनेछ” ।