हेटौँडा । असोज १८ र १९ गते आएको अविरल वर्षाको कारण मकवानपुरको बकैयामा लिफ्ट सिचाइँको पावर हाउसमा क्षति पुगेको छ । मकवानपुरको बकैया गाउँपालिका १२ स्थित ठिंगनबेंसीमा बागमती नदीको पानी तीन सय २५ मिटर भन्दामाथि उचाइमा लिफ्टमार्फत तानेर सिचाइँ गर्नका लागि निर्माण गरिएको पावर हाउस बागमती नदीमा आएको बाढीले क्षति भएको हो ।
ठिंगनवेंशी बागमती लिफ्ट सिचाइँ जल उपभोक्ता समितिका अध्यक्ष रुपेन घलेले पावर हाउसमा क्षति भएको र एउटा बिजुलीको पोल पनि बगाएको जानकारी दिए। पावर हाउस जोगाउन गरिएको ढुङ्गासहितको तारजारी समेत बगाएको उनले बताए । पानी तान्नका लागि बनाइएको इनार समेत बाढीले बगाएको छ । अघिल्लो वर्ष असोज ११ र १२ गते आएको वर्षासँगको बाढीले पनि यहाँको इनार र पानी तान्ने पम्पमा क्षति पुगेको थियो ।
हिउँदको समयमा सधैँ उजाड रहने माटोमा सिँचाइ सुविधा पुर्याउनका लागि बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिचाइँको व्यवस्था मिलाइएको थियो । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय हेटौँडाबाट गत आवमा विनियोजन भएको बजेटबाट लिफ्ट सिँचाइ निर्माण भएको थियो । गाेरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्