हेटौंडा । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा विदुर हुमागाईलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई विदुर हुमागाईले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । यस्तै उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्