हेटौंडा । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ७ बेशी टोलका अति बिपन्न चेपाङ समुदायलाई ५४ थान न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरिएको छ ।

डिभाइन युथ क्लव नेपाल हेटौंडाको आयोजनामा न्यानो कपडा बितरण गरिएको हो । कार्यक्रम राक्सिराङ गाउँपालिका वडा नम्बर ९ मा आयोजना गरिएको थियो । ब्ल्याङकेट लिनका लागि वडा नम्बर ७ बाट करिव साढे २ घण्टा पैदल हिडेर चेपाङहरु कार्यक्रम स्थल पुगेका थिए । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंला लगायतकाले चेपाङ समुदायलाई ब्ल्याङकेट हस्तान्तरण गरेका थिए ।

चेपाङहरु न्यानो कपडाको अभावमा बोराको कपडा बनाएर लगाउन बाध्य छन् । कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य शुक्रबहादुर प्रजा, गाँउपालिका लेखापाल सत्येन्द्र अर्याल, नारायण सिंह लामा, सुब्बा लाल मोक्तान, डिभाइन युथ क्लव नेपाल हेटौंडाका अध्यक्ष सरोज न्यौपाने, कार्यक्रम संयोजक सागर पन्थी लगायतकाको उपस्थिती रहेको थियो । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लव २०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा शाखाहरु रहेका छन् ।