हेटौंडा । बकैया गाउँपालिका वडा नं. १२ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष उम्मेदवार ज्ञानेन्द्र बजगाईले कृषि तथा पर्यटनलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन ।
अनिरुद्र खबर संग कुराकानी गर्दै वडामा निर्माण हुन बाँकी सडक निर्माण गर्ने, जितपुर भन्ज्याङमा खानेपानी, खोप केन्द्रको लागि फ्रिज सहितको व्यवस्था मिलाउने, एतिहासिक लटरमेश्वर महादेव स्थानलाई संरक्षण गरि धार्मिक पर्यटनको विकास गर्ने प्रतिवद्धता जनाए ।
उनले वडामा शिक्षाको क्षेत्रलाई थप सुधारका लागि कान्ति माविलाई उच्च मावि बनाउने, स्वास्थ्य भवनको स्तरउन्ती गर्ने बताए । उनले समग्र वडाको विकासमा कुनै कसर नराख्ने बताए । वडावासीले महसुस गर्न सक्ने गरि विकासको नतिजा दिने उनले प्रतिवद्धता जनाए ।












प्रतिक्रिया दिनुहोस्