![](https://anirudrakhabar.com/wp-content/uploads/2022/02/274258360_1148100375761012_1119841932167975935_n.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2022/02/274258360_1148100375761012_1119841932167975935_n.jpg)
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले कम्युनिष्टले सत्ता चलाउँदा मुलुकलाई अलपत्र पारेको भन्दै अब कांग्रेस नेतृत्वको सरकारले त्यसलाई सुधार गर्दै लैजाने बताएका छन् ।
धादिङ जिल्लाको सिद्धलेक गाउम्हपालिका ६ स्थित कत्लेडाँडामा मंगलबार भएको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रजाले कम्युनिष्ट नेतृत्वको सरकार भ्रष्टाचार र अनियमिततामा फसेकाले मुलुकको निकास दिन कांग्रेस नेतृत्व आउनुपरेको टिप्पणी गरे ।
जनताको पीर मर्का बुझेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको भन्दै अबको सबै तहको निर्वाचनबाट कांग्रेसको नेतृत्व स्थापित हुनेसमेत उनले विश्वास व्यक्त गरे । ’त्यत्रो ठूलो जनमत पाएको कम्युनिष्टको सरकारले आफ्नो पूरा कार्यकाल पनि काम गर्न सकेन, यसको अर्थ अब मुलुकमा कम्युनिष्टले मुलुकको निकास दिन सक्दैन, यो कुरा जनताले बुझिसकेका छन् ।’ राज्यमन्त्री प्रजाले भने ।
कार्यक्रममा नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाका सभापति रामशरण गिरी, महाधिवेशन प्रतिनिधि सीतामाया थापा, गजुरी गाउँपालिका ४ का वडाध्यक्ष सुरेन्द्र प्रजा, कांग्रेस प्रदेश प्रतिनिधि विष्णु थपलिया, मोहन पण्डित, कांग्रेस पूर्व जिल्ला सदस्य हरिकुमार नेपाल, सिद्धलेक ६ का सभापति कृष्ण थपलिया, स्थानीय नेता मनोज मगरलगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच राज्यमन्त्री प्रजाले सिद्धलेक गाउँपालिका ५ स्थित आँपटारमा रहेको चेपाङ गाउँमा पुगी त्यहाँका नागरिकसँग अन्तरक्रिया गरेका छन् । चेपाङ र मगरको बस्ती रहेको गाउँका स्थानीयको समस्याबारे जानकारी लिँदै प्रजाले समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्