हेटौंडा । नेकपा एमाले बागमती प्रदेश कमिटीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत सहित ७९ सदस्य मनोनित गरिएको छ । एमाले बागमती प्रदेश अध्यक्ष केशब पाण्डेको सभाध्यक्षता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बसेको बैठकले उनीहरुलाई मनोनित गरेको हो

प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको छ । प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर, ईन्द्रमान स्याङ्तान, सम्राट तुम्बाहाम्फे, डिल्लीप्रसाद दाहाल, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ मनोनित भएका हुन् ।

बैठकले चार सय ७७ कमिटीलाई पूर्णता दिन प्रदेशका १२ जिल्लाबाट ७९ जना सदस्य मनोनित गरिएको बागमती प्रदेश कमिटी प्रचार विभाग प्रमुख एवम् उपसचिब महेश बतौंलाले बताए ।