हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सुनिल गिरीले आफू कुनै पनि पदमा नरहेन घोषणा गरेका छन् ।

नेपाल तरण दल हेटौंडा उपमहानगरपालिका सभापति तथा प्रदेश प्रतिनिधि समेत रहेका गिरीले आफ्नो पद त्यागको घोषणा गरेका हुन् । उनले आफ्नो फेसबुक पेजबाट कांग्रेसको क्रियाशील सदस्यमात्र रहने र कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।

उनले पार्टीभित्र आर्थिकरुपमा सवल भएकाहरु हावी भएको र कामको मूल्यांकन नभएकोभन्दै दुःख व्यक्त गरे । पार्टीमा ब्यक्तिबाद, चाप्लुसीबाद, केन्द्रीय नेतासँग नजिक भएकाहरुलाई मात्र अवसर प्रदान गरेको उनले आरोप लगाए ।