हेटौडा । हेटौंडा उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सिबिर संचालन गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित बन उपभोक्ता समितिको भवनमा आजदेखि घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिबिर संचालन भएको हो । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सिबिरको हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले सेवाग्राहीलाई जन्म दर्ता हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको १९ वडाहरुको ३ स्थानमा संचालन हुनेछ ।
कार्यक्रम अन्र्तगत सिविर भोलि हेटौडा उपमहानगरपालिका वडा नं ६, १७ र १८ नं मा बिहान १० बजे दखि ५ बजे सम्म संचालन हुने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना र सुचना अधिकारी भानुभक्त थपलियाको लगायतकाको सहभागिता रहेको मनिषमान श्रेष्ठले जानकारी दिए ।