हेटौंडा । हेटौंडा १३ स्थित मजुवामा नेपाली कांग्रेसको टोल समिति गठन तथा स्ल्याप बाटोको उद्घाटन गरिएको छ ।
“घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्र्तगत नेपाली कांग्रेस हेटौंडा १३ नम्बर वडा सभापति आईमान लामाको सभाध्यक्षता तथा बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बुधबार टोल कमिटी गठन तथा स्ल्याप बाटोको शिल्यानास गरिएको हो ।

कार्यक्रममा बोल्दै सभापति बानियाँले कांग्रेसले जनताको सुखदुखमा साथ दिने बताउँदै आउँदै गरेको स्थानीय निकाय निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आम मतदाताको घरमा गएर कम्युनिष्टले गरेको भ्रष्टाचार र झुटको खेतिको बारेमा जनतालाई बताउन निर्देशन दिए ।

कार्यक्रममा मानबहादुर मोक्तानको संयोजकत्वमा ३१ सदस्यीय मजुवा टोल समिति गठन गरिएको छ । कार्यक्रममा युवा व्यवसायी सुन्दर घलान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्यस्तै विहान कांग्रेस प्रदेश कार्यालयमा हेटौंडा ११ नवलपुरका एमालेका संगठित सदस्य विरबहादुर विक कांग्रेसमा प्रवेश गरे । विकलाई प्रदेश सभापति बानियाँले कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरे । कार्यक्रममा बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य शर्मिला श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, लक्ष्मी थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।