हेटौंडा। राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको बागमती प्रदेशतर्फको दुई सिटमा   निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट उम्मेदार रहेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौंडा–५ मा रहेको बागमती  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तागठबन्धन कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मनोनयन दर्ताका लागि अपरान्ह ३ बजे सम्मको समय तोकिएको छ।