हेटौंडा। नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । मूल्यबढेसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ । यता निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छैन। मूल्य नबढ्दा ग्याँसको मूल्य यथावत रहेको छ।