हेटौंडा। बागमती प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै हेटौँडामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको गोष्ठीमा प्रदेशभित्रको सुरक्षा चुनौती र समस्यालगायत विषयमा छलफल भएको छ।
गोष्ठीमा प्रदेश सुरक्षा समितिका सदस्यले शान्ति सुरक्षा सुदृढ गर्ने क्रममा रहेका समस्याको बारेमा आफ्नो धारणा राखे । साथै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शान्ति सुरक्षालाई सबल बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमासमेत निरन्तरता दिने बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रालयको आगामी योजना र कार्यदिशाका बारेमा जानकारी गराए ।
गोष्ठीमा बागमती प्रदेशका प्रदेश सचिव मुकुन्दप्रसाद निरौला, मन्त्रालयका सचिव ध्रुव गैँडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहलगायतका सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो।












प्रतिक्रिया दिनुहोस्