हेटौंडा । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर गएको आमनिर्वाचनमा प्रतिस्पर्धा गरेका किशोर अर्यालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगलाई बुझाएका छन् ।
अर्यालले गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रु.४०,२३१ (चालिस हजार दुई सय एकतिस रुपियाँ) खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
अर्यालले बुझाएको विवरणअनुसार पर्चा २२ हजार ७५०, मतदाता नामावली फोटोकपी ५ हजार ४८१, फ्लेक्स ४ हजार ५०० र डिजेल खर्च ७ हजार ५०० रुपियाँ खर्च भएको उल्लेख गरिएको छ । निर्वाचनमा अर्यालले मकवानपुर क्षेत्र नं. १ (ख) बाट लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्