हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक बिज्ञप्ती जारी गर्दै आउँदो फागुन १ गतेदेखि बिद्यालय तथा शैक्षिक संस्था संचालन गर्न अनुमति दिएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण बन्द रहेको विद्यालयहरु आउँदो फागुन १ बाट खुलाउन जिल्ला प्रशासन कार्यलय मकवानपुरले अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यलय मकवानपुर प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जारी गरेको बिज्ञप्तीमा फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने जनाईएको छ ।

जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट विद्यलय संचालन गर्न सकिने बताईएको छ ।