हेटौंडा । नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा भोलि आइतबार हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन गरिने भएको छ ।

मध्यान्ह १२ बजे हेटौंडाको शितलमहलचोकबाट सुरु हुने प्रदर्शन बुद्दचोक हुँदै सिमाचोकमा फर्किएर सभामा परिणत गर्ने आयोजकको तयारी छ । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि कार्यक्रम गर्न लागिएको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेलले जानकारी दिए । एमसीसी परियोजना राष्ट्रघाती हुने भएकाले नेपालमा यो कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यले विरोधको कार्यक्रम राखिएको अध्यक्ष पोख्रेलको भनाई छ ।

विरोध प्रर्दशन तयारीका विषयमा पार्टीका जनवर्गीय संगठनका नेतृत्वका बीचमा आज शनिबार आवश्यक छलफल समेत भएको छ । भोलि हुने विरोध प्रर्दशनमा सहभागी हुनका लागि एकीकृत समाजवादी मकवानपुरले आम सर्वसाधारण, नागरिक समाज, बुद्दजिवी, पत्रकार, युवा, विद्यार्थी लगायत राष्ट्रहित चाहने सरोकारवालालाई आग्रह गरेको छ ।