हेटौंडा । नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको अध्यक्ष पदमा विनोद लामा निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । लामाले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए ।
नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले थाहा नगरपालिकामा गएको मंसिर ११ गते ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । कार्यसमितिकै सदस्यहरुले मतदान गर्ने गरी अध्यक्ष पदको लागि निर्वाचन भएको थियो । अन्य पदाधिकारीहरु भने सहमतिमै चयन हुने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्