हेटौंडा । हेटौंडा-६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले गोलघर निर्माण गरेको छ । मकवानपुरगढी–३ मक्रान्चुलीमा गोलघर निर्माण गरिएको हो । समूहको चालु आव. ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोलघर निर्माण गरेको समूहले जनाएको छ ।

बाटोमा हिड्ने बटुवा, गाउँपालिका र वडा कार्यालयमा आउने सेवाग्राही, दुग्ध सहकारीमा दूध लिएर आउने किसान समेतलाई सेवा दिने उद्धेश्यका साथ गोलघर निर्माण गरिएको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।

गोलघर बनाउन करिव १ लाख ५० हजार खर्च लागेको गोलघर निर्माण उपसमितिका संयोजक शत्रुघन दुलालले बताए । यस अघि समूहले चौघडा, शान्तिटोल र मक्रान्चुलीको फुटसल क्षेत्रमा गोलघर निर्माण गरिसकेको कार्यालय सचिव भीमसेन पौडेलले बताए ।