हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएकोजस्ता आरोप लगाउँदै चौलागाईलाई बर्खास्त गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले चौलागाईंले पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृतिबिना लोगो तथा नारा सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधि गरेकाले बर्खास्त गरेको जानकारी दिए ।

२०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए ।

Visited 23 times, 1 visit(s) today