हेटौंडा । नेकपा माओबादी केन्द्र केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गरेकी छिन ।

बिहीबार हेटौंडामा भएको शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रममा कर्मचारी स्वास्थ्यकर्मीहरुले विभेदकारी ऐन सच्चाउनुपर्ने, राज्यले दिने सेवा सुविधामा विभेद गर्न नहुनेमा जोड दिइन् ।

नेकपा माओबादी केन्द्र निकट कर्मचारी र स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश सभा सचिवालय सचिव पूर्ण बहादुर दर्जी, शिक्षा निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर प्रमुख कृष्ण घिमिरे, शिक्षा बिकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपमहासचिव अमर लामा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व केन्द्रिय उपाध्यक्ष शिब प्रसाद बन्जारा, बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, मार्क्सवादी अध्ययन प्रतिष्ठानका केन्द्रिय सदस्य राजकुमार केसी लगायतको सहभागिता रहेको थियो ।

नजिकिदै गरेको नेपालीहरुको महानपर्व शुभदिपावली तथा छठ पर्वको अवसरमा बुधबार आयोजना गरिएको शुभकामना आदानप्रदान एवम् जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम राष्ट्रिय कर्मचारी महासंघ मकवानपुरका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको थियो । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुर अध्यक्ष जयराम रायमाझीले संचालन गरेको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले स्वागत गरेका थिए ।