हेटौंडा । हेटौंडा–५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।

हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते वाइबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तै मोटरसाईकलमा सवार हेटौंडा १५ फायरलाइनका ३१ वर्षीय रमेश बल घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।