हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्ग लोक जरुवा टोलमा आइतबार साँझ ग्यास सिलिण्डर विस्फोट हुँदा एक घरमा आगलागी भएको छ भने दुई जना घाइते भएका छन ।

ज्ञानेन्द्र मिश्रको घरको भान्साको सिलिण्डर पड्किँदा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईते हुनेहरुमा मिश्रका छोरा २४ वर्षीय सुमित मिश्र र भारतका ५० वर्षीय अमिर अली रहेका छन् । उनिहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ ।

दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।