हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको एक भुस गोदाममा भिषण आगलागी भएको छ ।

हेटौंडा–८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको हो । गएराति साँडे ११ बजेबाट सुरु भएको आगलागी हालसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो ।

आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश बिपद् व्यवस्थापन गुल्म बाट प्रनानिको कमाण्डमा ७ जनाको टोली,शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुर बाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको दमकल,जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भई रहेको छ ।