हेटौंडा । हेटौंडा ८ कमानेमा रहेको भुस गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार राति ११ बजेदेखि लागेको आगो करिब १८ घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदाममा रहेका ५० हजार बोरा भुस जलेर नष्ट भएको छ । आगलागीबाट करिब ४ करोड बराबरको क्षती भएको अनुमान गरिएको छ ।

हेटौंडा–८ विकास मार्गमा रहेको टिका प्रसाद कँडेलले सञ्चालन गरेको भुस गोदाममा लागेको आगो बिहीबार साँझ ५ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि वीरगन्ज र भरतपुर महानगरपालिकाको दमकल,जीतपुर सिमरा र हेटौंडा उपमहानगरपालिका,खैरहनी नगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको दमकल,स्थानीय,नेपाली सेना,सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।