हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का प्रायः सबै स्थानमा कच्ची सडकको अत्य भएको वडा अध्यक्ष भैरव बहादुर राईले बताए । स्थानीय निकायको जनप्रतिनिधि निर्वाचित भएर आएपछि वडा नम्बर १७ मा पूर्वाधार विकास गरेको उनले बताए । अनिरुद्र खबर संग कुरा गर्दै उनले भने वडामा पुरै कच्ची सडक थियो, अहिले पुरै ढलान भएको छ ।

उनले वडावासीको विकास गर्न बिषेश पहल गरेका छन । वडामा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । यस वडामा टमाटर, बन्दा काउली, खुर्सानी, अदुवा, आलु लगायतका कृषिजन्य उत्पादन गर्न टनेल निर्माण गर्न अनुदानको व्यवस्था मिलाइएको बताए । यस वडामा गाई फार्म, बाख्रा पालन, कुखुरा पालन लगायतको कृषि काम भईरहेको उनले बताए ।

उनी वडा अध्यक्ष भएर आएपछि जीर्ण रहेको वडा कार्यालयको भवन निर्माण गरेका छन । पुरानो वासको धारो खानेपानी योजना मार्फत वडाका ३ सयको घरधुरीमा खानेपानी पु¥याईएको छ । त्यस्तै यस वडामा रहेको ५ सय काठको पोल बिस्थापन गरेर अहिले सिमेन्टका पोल राखिएको छ ।

पर्यटनको क्षेत्रमा यो वडाको आफ्नै पहिचान रहेको छ । यसै वडामा निर्माणाधिन जगतगुरु मन्दिर, जुरेथुम पर्यटकीय पार्क, सालक पार्क, राजदेवि पार्क तथा गुप्तेश्वर महादेव गुफा पनि पर्दछ । घुमफिर गर्न र पिकनिकको लागि राम्रो व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए ।

त्यस्तै शिवम् सिमेन्टको धुलो, धुवा र ध्वनी प्रदुषणले पारेको असर न्यूनिकरण गर्न वडा अध्यक्ष राईले नै पहल गरेका थिए । उद्योग चाहिन्छ, तर त्यसले जनतालाई असर गर्न हुँदैन उनले भने । बस्तीको बिचमा रहेको सिमेन्ट उद्योगका कारण जनता भने पीडित रहेका छन । सिमेन्ट उद्योग संगै रहेको बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा स्थानीयवासी प्रत्यक्ष रुपमा यसको असर भोग्न बाध्य छन ।

खहरे नियन्त्रणमा पनि उल्लेख्य काम भएको वडा अध्यक्ष राइको भनाइ छ । युवा बर्गलाई खेलकुद क्षेत्रमा समेट्न यस वडाको नेपाल चौरमा हाल फुटसल निर्माणाधिन अवस्थामा रहेको छ भने हटियामा तेक्वान्दो खेलका लागि आवश्यक कार्य भईरहेको बताए । त्यस्तै यस वडाको डिपु चौरमा स्वास्थ्य प्रवद्र्धन केन्द्र पनि संचालनमा छ, भौतिक संरचना प्र¥र्याप्त भएपनि दक्ष जनशक्तिको भने अभाव रहेको वडा अध्यक्ष राईले बताए ।

हेटौंडा उपमहानगरपालिकाको वडा नं. १७ साबिको हटिया वडा नं. १,२,३,४ र ६ मिलेर बनेको हो । चुच्चेखोला, गौरीगाउँ, हटिया, राजदेवी, ठुलो गंगटे, सानो गगंटे, डिपु, लक्ष्मीपुर लगायतका क्षेत्र यस वडाको मुख्य स्थान हुन । यसको कुल क्षेत्रफल १५ दशमलव ०२ वर्ग किलोमिटर रहेको छ । यस वडा को पुर्व सिमानामा वडा नं. १८, पश्चिमा वडा नं. ६, उत्तरमा मकवानपुरगढी गाउँपालिका र दक्षिण तर्फ वडा नं. १६ अवस्थित छ । यसको अधिकांश भागहरु ग्रामिण स्तरका छन । यस वडा भित्र श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रम, जुरेथुम पर्यटकीय क्षेत्र, राजदेवी पार्क, सालक पार्क जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन ।