हेटौंडा । मकवानपुरको बागमती गाउँपालिमा भएको सवारी दुर्घटनामा हेटौंडाका शिक्षासेवी केशव मुडभरीको मृत्यु भएको छ।मकवानपुर प्रहरीका अनुसार हेटौंडा–१३ का ४५ वर्षीय मुडभरीको बागमती ४ सादेपुलमा बुधबार राति भएको दुर्घटनामा  मृत्यु भएको हो ।

मकवानपुरको फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ नम्बरको मुडभरीले चलाएको स्कूटर ना ७ त २२५९ नम्बरको रड बोकेको बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो । धरान चतरा सडकखण्डमा स्कुटर दुर्घटना भएको खबर पाएपछि प्रहरी चौकी झुरझुरेबाट गएको प्रहरीले  घाइते मुडभरीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको थियो ।

इलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ३ किमि उत्तर भोर्लेनीबाट काभ्रेको ताल ढुंगा जाने भित्री सडकखण्डमा रड बोकेको ट्याक्टर रोकिराखेको अबस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटर चालक ठोकिएर दुर्घटना भएको आशंकामा  ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ भिमान बस्ने ४१ वर्षीय ट्याकटर चालकरसाहु खड्क बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिइएर थप अनुसन्धान कार्य भरइरहेको प्रहरीले जनाएको छ। हेटौंडा १३ पदमपोखरी घर भएका मुडभरी विद्यालय सञ्चालक, स्टेशनरी र ग्यास व्यवसायका अतिरिक्त सामाजिक सेवामासमेत क्रियाशील रहदै आएका थिए।