हेटौंडा । एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले अशोक थिङ्गको अध्यक्षतामा २१ सदस्यीय नयाँ राक्सिराङ गाउँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष सपना रुम्बा, प्रदिप घलान, सचिवमा प्रकाश थोकर, कोषाध्यक्ष तिर्थराज प्रजा, सहसचिव नारायण महतो चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा महेन्द्र यादब, सूर्य नारायण चौधरी, जुनु दोङ लामा, आशा रुम्बा, डिल्ली प्रसाद स्याङ्तान, तिलक बिक, गोविन्द थिङ लगायत चयन भएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यता एवं संगठनका अध्यक्ष सुजन कुमार मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । अधिवेशनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, बनस्तम थिङ, राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर लगायतको आतिथ्यता रहेको थियो ।