हेटौँडा । मकवानपुरको मकवानपुरगढीमा युवती मृत अवस्थामा फेला परेकी छिन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मकवानपुरगढी गाउँपालिका–६, पानीघाट बस्ने २१ बर्षिय सुनिता तामाङ (अविवाहित) आफ्नै घर देखि अन्दाजी २५ मिटर पूर्व तर्फ मृत अवस्थामा फेला परेकी हुन् ।

रुखको हागोमा सलको पासो लगाई झुण्डीएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाई छ । घटनास्थलबाट मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।