हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध खैरो हिरोइन सहित दुइ जनालाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरीले ७ ग्राम ६ सय मिलि ग्राम खैरो हिरोइन सहित दुइजनालाई पक्राउ गरेको हो । हेटौंडा १५ सडक खण्डको पथलैयाबाट हेटौंडा आउँदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा १० बस्ने २३ बर्षीया ठिल्ले लामा तामाङ र पछाडि सवार हेटौंडा ४ बस्ने २६ बर्षीय अजय घलेको साथबाट खैरो हिरोइन बरामद गरिएको हो ।

उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।