हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन । एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनको पदाधिकारीको मतगणना सम्पन्न हुँदा अध्यक्षमा पोखरेल ३१३ मतसहित विजयी भए ।
उनका प्रतिद्वन्द्वी इन्द्रमान स्याङ्तानले २६२ मत, लाल बहादुर थापाले १६६ मत र देवराज रिमालले ११ प्राप्त गरि पराजित भए । पोखरेल एमाले छाडेर समाजवादी जिल्ला अध्यक्ष भएका थिए त्यसपछि पोखरेल गत स्थानीय तहको निर्वाचनमा पुनः एमालेमा फर्किएका हुन ।
त्यस्तै उपाध्यक्षमा हिदम लामा विजयी भए । उनले ४७६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुनिल मोक्तानले १९७ मत, भरत दुलालले ३८ र धु्रव प्रसाद चौलागाईले २६ मत प्राप्त गरि पराजित भए । जिल्ला सचिवमा सीता विष्ट विजयी भइन् । उनले २९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मदन दाहालले २५५ मत र राजन थापाले १७१ प्राप्त गरे ।
त्यस्तै उपसचिव खुल्लामा फुर्वादोर्जे लामा विजयी भए । उनले २४१ मत प्राप्त गर्दा अर्का उम्मेद्वार दिपक खड्काले १६७ मत, इन्द्र नेपालले १२९, खेमराज जर्गामगरले १०० मत र कृष्ण प्रसाद चौलागाईले ८६ मत प्राप्त गरि पराजित हुनुप¥यो ।
उपसचिव महिलामा आरती पाठक विजयी भइन् । पाठकले २४१मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी पार्वती रानाले १७२ मत, कल्पना बलामीले १५६ मत र जुना दहालले १५२ मत प्राप्त गरिन ।
एमाले मकवानपुरको ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो । निर्वाचनमा ७ सय ६५ प्रतिनिधिले मतदान गरेका गरे । मतदानमा ७ सय ७७ जना प्रतिनिधि मध्ये १२ जना अनुपस्थित भए ।












प्रतिक्रिया दिनुहोस्