हेटौँडा । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताइन । मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने दावि गर्दै हुने भएको भए पहिले नै सुशासनको अभियान प्राथमिकतामा रहने जिकिर गरिन ।
नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिका स्तरीय जबस मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले भनिन्, “माओवादीमा सहि विचार र नेतृत्व भएकोले नै संस्थागत भ्रष्टाचारमा ठुला पार्टीका ठुला नेताहरुको नाम जोडिदा पनि यो अभियान निर्भिकतापूर्वक अगाडी बढेको छ ।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरको जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गरे ।
त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्न सक्नुपर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्