हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा झार मार्ने बिषादी सेवन गर्दा मङ्गलवार एकजनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार गढी गाउँपालिका–७, सुकैरा बस्ने ४१ बर्षिय जंग बहादुर स्याङताङको मृत्यु भएको हो ।

उनले अल किलर नामक झार मार्ने विषादी सेवन गरी बिरामी भई उपचारको लागी चौघडा बजार स्थित राजु मेडिकलमा पठाइएकोमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।