हेटौँडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा अशोक सामुदायिक वन उपभोक्ता समूह, हेटौडा १७ राजदेवीको आयोजना र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको ब्यवस्थापन र राजदेवी माविको सहयोगमा वृक्षारोपण गरिएको छ ।
हेटौडा १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रमेश कुमार राईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा भोटे लहरा, अमला, चिउरी लगायतका प्रजातीहरुको वृक्षारोपण गरिएको थियो ।
कार्यक्रमको अवसरमा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख रघु राम पराजुलीले लोपोन्मुख भोटे सल्ला, कुट्की, चिराइतो, अतिस, यार्सागुम्वा, तेजपात, लौठसल्ला, जटामसी लगायतका जडीबुटीको संरक्षण र महत्वको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, वनस्पति अधिकृत अनिस कर्ण, सव डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख हरि खड्का, अशोक सामुदायिक वनका निवर्तमान अध्यक्ष बलराम अधिकारी, राजदेवी माविका अध्यक्ष डेकराज धमला, सञ्चारकर्मी भीमसेन पौडेल, समूहकी सचिव सितु श्रेष्ठ, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार प्रसाद गौतम, उपभोक्ता लगायतको सहभागिता थियो ।












प्रतिक्रिया दिनुहोस्